![]() |
२० करोड रुपैयाँमा बिक्री भएको १३ औं शताब्दीको नेपाली मूर्ति । स्रोतः क्रिस्ट्रिज डट कम |
काठमाडौं, चैत १३
तेह्रौं शताब्दीको नेपाली मूर्ति एक साताअघि बिक्री गर्ने अमेरिकी कम्पनीले थप तीन नेपाली पुराताŒिवक सामग्री लिलामीका निम्ति राखेको छ ।
अमेरिकाको क्रिस्टिज कम्पनीले मंगलबार पदमपाणि (कमलको फूल लिएर उभिएको) अवलोकेश्वर (बुद्धकै एक रूप) को मूर्ति २० करोड नेपाली रुपैयाँ (२४ लाख ९० हजार अमेरिकी डलर) मा बिक्री गरेको थियो । ४५ सेन्टिमिटर अग्लो उक्त मूर्तिको सुरु मूल्य ३ लाख ५० हजार भए पनि लिलाम बढाबढ हुँदै गएपछि करिब सात गुणा बढी दाममा बिक्री भएको वालस्ट्रिट जर्नलको समाचारमा उल्लेख छ ।
सुनको जलप लगाइएको उक्त मूर्ति काँसले बनेको थियो । क्रिस्टिजले लिलामीमा चढाएका थप तीन नेपाली पुराताŒिवक वस्तुमा अवलोकेश्वरकै अर्को एक मूर्ति र दुई धारिला हतियार छन् । १७ औं शताब्दीको भनिएको २९.१ सेन्टिमिटर अग्लो यो मूर्तिको सुरु मूल्य २ देखि ३ हजार डलर राखिएको छ । न्यूयोर्कको रकफेलर प्लाजास्थित कम्पनीको वेबसाइटले जनाएअनुसार मूर्ति न्यूयोर्कमै रहे पनि दुई धारिला हतियार भने बेलायतस्थित ‘दि रागलान कलेक्सन’सँग छन् । मूर्तिको लिलामी अप्रिल तीनदेखि चार तारिखसम्म चल्नेछ भने हतियारलाई लन्डनको साउथ केन्जिङ्टनमा अप्रिल चार तारिखका दिन लिलामी गरिनेछ ।
![]() |
नेपाल, भारत, इरान र युरोप–एसिया
सिमावर्ती देशबाट लाएको धारिला हतियार स्रोतः क्रिस्ट्रिज डट कम |
वेबसाइटका अनुसार अवलोकेश्वरको यो दोस्रो मूर्ति सन् १९६८ भन्दा पहिलेदेखि निजी संकलमा रहँदै आएको छ ।
क्रिष्टिजको लन्डनस्थित कार्यालयमा रहेको नेपाली सानो तरबार १९ औं शताब्दीमै बनेको हो । स्टिलको यस तरबारको मूल्य ७ सय ९३ देखि ११ सय १० डलर राखिएको छ । त्यसैगरी १८ औं शताब्दीको खुकुरीको मूल्य ६ सय ३४ देखि ९ सय ५२ डलर राखिएको छ ।
फेदमा फूलजस्तो बनावट राखेर तयार पारिएको तरबारको लम्बाइ ६०.८ सेन्टिमिटर छ भने खुकुरीलाई भारत, इरान तथा युरोप र एसियाको सीमावर्ती देशका खुकुरीसँगै बिक्रीमा राखिएको छ । दुबै हतियार कसरी त्यहाँ पुगे भन्ने खुलाइएको छैन ।
विदेशमा पुराताŒिवक महत्वका मूर्ति धमाधम बिक्री भइरहँदा पुरातŒव विभागले भने अनभिज्ञता प्रकट गरेको छ । प्रायजसोः यस किसिमका मूर्ति विभागको स्थापनाअगावै व्यक्तिगत संग्रहमा विदेसिएको उसको दाबी छ ।
![]() |
नेपालबाट लगिएको भनिएको
अवलोकेश्वको १७ औं शताब्दीको चाँदीको मुर्ति स्रोतः क्रिस्ट्रिज डट कम |
‘यस किसिमका सामाग्री कसरी गए, आधिकारिक पुष्टि भएमात्र फिर्ता पाइन्छ,’ उनले भने, ‘यसबारे ठोस निर्णयबाट मात्र अघि बढ्न सकिने हुँदा तत्काल केही भन्न सकिँदैन ।’
विदेसिएका नेपाली मूर्ति पटकपटक फिर्ता नभएका भने होइनन् । लन्डन, अमेरिका र अस्ट्रियाबाट अहिलेसम्म दुई दर्जनजति मूर्ति फिर्ता भइसकेको पनि उनले बताए । ‘५८ सालसम्म अमेरिकाबाट ४, बेलायतबाट २० र अस्ट्रियाबाट एक ढुंगा तथा काठका मूर्ति प्राप्त भएका छन्,’ त्यसयता मूर्ति फिर्ता नआएको उल्लेख गर्दै उनले भने, ‘जति पनि आएका छन्, ती सबैको पहल पनि उतैबाट भएको थियो ।’
उनका अनुसार फिर्ता आएका यी मूर्ति देशका विभिन्न संग्रहालयमा राखिएका छन् ।
संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार उपत्यकाका बौद्ध विहारमा राख्न ठूलो संख्यामा तयार पारिएका अवलोकेश्वरका मूर्ति धेरै महŒवपूर्ण वा दुर्लभ भने मानिन्नन् । यस्ता मूर्ति धेरै भएकाले कुन, कहिले, कसले, कहाँ पु¥यायो भन्ने लेखाजोखा नभएको हुनसक्ने उनले बताए । लामो समयदेखि उपत्यकाकै शिल्पीले बनाउँदै आएका अवलोकेश्वरका १ सय ८ प्रकारका फरक मूर्ति हुने गरेका छन् ।
‘उताका क्युरेटरले के महŒव देखेर उक्त मूर्ति त्यति राम्रो दाममा बिक्री भएछ,’ जोशीले भने ।
![]() |
स्टीलले बेनेको तरबार स्रोतः क्रिस्ट्रिज डट कम |
online visit on nagariknews: http://nagariknews.com/news-highlights/139-highlights/38506-2012-03-27-03-32-05.html
The page is here.
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/912-nagarik-27-march-2012/2-nagarik.html
Lutie rahay ko 6 desh ko amullaya sampati.
ReplyDelete