काठमाडौं, चैत ५
धादिङका वसन्त सापकोटा (३९) कालिमाटी तरकारी बजारमा आएको आगलागीमा जलेको डिजिटल तराजु आइतबार चार्ज गर्न खोज्दै थिए । फागुन २० गतेको आगलागीले तरकारी पसल पूरै सखाप हुँदा बचेको तराजुको फलामे भागमा इन्डिकेटर जोडेर उनले काम चलाइरहेका छन् ।

दिउँसो दुई बजे नै पसल बन्द गर्नुपर्ने भएकाले सापकोटालगायत सम्पूर्ण व्यापारी तरकारी ढाकछोपमा व्यस्त थिए । आगलागीले जीर्ण बनेको तरकारी बजारमा थप दुर्घटना नहोस् भनेर अहिले बिहान ६ देखि दिउँसो दुई बजेसम्म मात्रै खोल्ने गरिएको छ । आगलागीअघि तरकारी बजार बिहान तीनदेखि बेलुका सात बजेसम्मै खुल्थ्यो ।
हरियो तरकारीको व्यापार गर्ने सापकोटा आगलागीले आपूmलाई मात्र पाँच लाखभन्दा बढीको क्षति भएको बताउँछन् । ६ जनाको ज्यान गएको उक्त घटनापछि जीर्ण बनेको गोदाममा बजार थाप्न बाध्य छन्, दुई सय २० व्यापारी ।
‘तरकारी बजारै बन्द भए हामी मात्रै होइन, सम्पूर्ण व्यापारी, उपभोक्ता तथा किसान प्रभावित हुन्छन्,’ आगलागीको पर्सिपल्टदेखि नै पुनः पसल सुरु गरेका सापकोटा भन्छन्, ‘त्यसैले छोटो समयका लागि मात्रै भए पनि बजार खोलेका हौं ।’
आगोको खार अझै गइसकेको छैन । जस्ता पाता ठाउँठाउँमा प्वाल परेका छन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले छेउछाउका जस्ता पाता निकाले पनि स्थायी समाधान भएको छैन । भवनका भित्तामा कालो दाग अझै छ, फलामे रड आगोको तापले बाङ्गिएका छन् ।
‘खतरा बीच दिनको ८ घन्टा बस्नु कम डरलाग्दो छैन,’ अर्का व्यापारी जयराम गौतम (२४) भन्छन्, ‘यति पनि नगरे के खाने ?’
दुई वर्षदेखि आलुप्याजको होलसेल पसल गर्दै आएका उनको गोदाममा रहेको सम्पूर्ण सामान जलेका थिए । ‘आगलागीले जस्तापातामा परेको प्वालका कारण तरकारीमा दुई दिनदेखि पानी चुहिरहेको छ,’ अहिलेको अवस्थाबारे उनले गौतमले भने, ‘यति बिजोग हुँदा पनि राहत पाइएको छैन ।’
पानी चुहिने समस्यासँगै हावा चल्दा जस्ता उडाउने खतरा रहेको अर्का व्यापारी कृष्ण ओझा बताउँछन् । ‘साँझमा हावाको वेग बढी हुने भएकाले पनि हामी आफैं अबेरसम्म बस्न सक्दैनौं,’ १५ वर्षदेखि हरियो तरकारीको पसल गर्दै आएका उनले भने ।
गत साता व्यापारीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री बाबुराम भट्टराईले भवन पुनर्निर्माण र विस्तृत अध्ययन गरी वैकल्पिक व्यवस्था गरिने प्रतिबद्धता जनाएका थिए ।
बिहीबार मात्रै जीर्ण भवन निरीक्षण गर्न गएको सहरी विकास तथा भवन विभागको टोलीले जस्तापाता उड्ने खतरा रहेको, भवनका पिलर र बिम कमजोर रहेको, जस्ता अड्याउने ट्रस बांगो भएको बताएको छ । टोलीमा संलग्न विभागका इन्जिनियर विनय श्रेष्ठ अस्थायी रूपमा जस्ता र ट्रसलाई आड दिए केही सुरक्षित हुने बताउँछन् ।
‘अस्थायी रूपमा जस्ता र ट्रसलाई आड दिनुपर्ने भनेर विभागलाई प्रतिवेदन बुझाइसकेका छौं,’ टोलीमा संलग्न इन्जिनियर विनय श्रेष्ठले भने, ‘विभागले कृषि तथा सहकारी मन्त्रालयलाई बुझाउँछ र स्थायी समाधानका उपायबारे आगामी शुक्रबार प्रतिवेदन बुझाउँछौं ।’
काठमाडौंमा खपत हुने आधाभन्दा बढी तरकारी कालिमाटीबाटै वितरण हुन्छ । तरकारी अभाव हुने भन्दै व्यवसायीले जोखिम मोलेरै बजार राखेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निमित कार्यकारी निर्देशक अर्जुनप्रसाद अर्यालले बताए ।
व्यापारीलाई क्षतिपूर्तिको व्यवस्थाका लागि सरकारले कदम चाल्न थालेको उनले बताए । ‘सरकारले कदम थालिसकेको छ । हामीले व्यापारीबाट क्षति यकिन गर्ने काम गरिरहेका छौं,’ उनले भने ।
माओवादी अध्यक्ष कालिमाटीमा
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार कालिमाटी बजार निरीक्षण गरेका छन् । दाहालले व्यापारीहरूको समूहलाई सम्बोधनसमेत गरे । आगलागीपीडित सबैलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने आश्वासन उनले दिए । अध्यक्ष दाहालले क्षतिपूर्ति, भवनको जीर्णोद्धार र कालिमाटीले जस्तै वैकल्पिक बजारको व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने जनाए ।
हरियो तरकारीको व्यापार गर्ने सापकोटा आगलागीले आपूmलाई मात्र पाँच लाखभन्दा बढीको क्षति भएको बताउँछन् । ६ जनाको ज्यान गएको उक्त घटनापछि जीर्ण बनेको गोदाममा बजार थाप्न बाध्य छन्, दुई सय २० व्यापारी ।
‘तरकारी बजारै बन्द भए हामी मात्रै होइन, सम्पूर्ण व्यापारी, उपभोक्ता तथा किसान प्रभावित हुन्छन्,’ आगलागीको पर्सिपल्टदेखि नै पुनः पसल सुरु गरेका सापकोटा भन्छन्, ‘त्यसैले छोटो समयका लागि मात्रै भए पनि बजार खोलेका हौं ।’
आगोको खार अझै गइसकेको छैन । जस्ता पाता ठाउँठाउँमा प्वाल परेका छन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले छेउछाउका जस्ता पाता निकाले पनि स्थायी समाधान भएको छैन । भवनका भित्तामा कालो दाग अझै छ, फलामे रड आगोको तापले बाङ्गिएका छन् ।
‘खतरा बीच दिनको ८ घन्टा बस्नु कम डरलाग्दो छैन,’ अर्का व्यापारी जयराम गौतम (२४) भन्छन्, ‘यति पनि नगरे के खाने ?’
दुई वर्षदेखि आलुप्याजको होलसेल पसल गर्दै आएका उनको गोदाममा रहेको सम्पूर्ण सामान जलेका थिए । ‘आगलागीले जस्तापातामा परेको प्वालका कारण तरकारीमा दुई दिनदेखि पानी चुहिरहेको छ,’ अहिलेको अवस्थाबारे उनले गौतमले भने, ‘यति बिजोग हुँदा पनि राहत पाइएको छैन ।’
![]() |
print version of nagarik daily. see the verson at: http://nagarikplus.nagariknews.com/images/flippingbook/2012_march_19/nagarik/ng_zoom_04.jpg |