भक्तपुर जुद्ध वारुण यन्त्र कार्यालयमा
रहेको एम्बुलेन्सबाट बनाइएको दमकल ।तस्विरः ज्ञान न्यौपाने । (फाइल फोटो) |
ज्ञान न्यौपाने
काठमाडौं, चैत २
यात्रु किच्न खोजेको निहुँमा बुधबार साँझ आक्रोशित स्थानीयवासीले बनेपामा जलाएको ट्रिपर निभाएर भक्तपुर जुद्ध वारुणयन्त्रको दमकल राति करिब १० बजे सिद्धपोखरीस्थित कार्यालय आइपुग्यो । फर्कंदा एक्कासि बिग्रिएको दमकल बल्लतल्ला बनाई नभ्याउँदै भक्तपुरकै एक पुरानो घरमा आगो लागेको खबर आयो । कतिखेर बिग्रने हो भन्ने टुंगो नभएको दमकल लिएर वारुण यन्त्रका अग्नि नियन्त्रकहरू कुदे ।
सिपाडोल–१, गुन्जाटोलस्थित पुरानो घरमा बुधबार राति लागेको आगो निभाउन भक्तपुरको दमकलले नभ्याएपछि आधा घन्टापछि काठमाडौंको र केही बेरपछि प्रहरीको दमकल पुग्यो । करिब दुई घन्टामा आगो नियन्त्रणमा आयो । काठमाडौं, चैत २
यात्रु किच्न खोजेको निहुँमा बुधबार साँझ आक्रोशित स्थानीयवासीले बनेपामा जलाएको ट्रिपर निभाएर भक्तपुर जुद्ध वारुणयन्त्रको दमकल राति करिब १० बजे सिद्धपोखरीस्थित कार्यालय आइपुग्यो । फर्कंदा एक्कासि बिग्रिएको दमकल बल्लतल्ला बनाई नभ्याउँदै भक्तपुरकै एक पुरानो घरमा आगो लागेको खबर आयो । कतिखेर बिग्रने हो भन्ने टुंगो नभएको दमकल लिएर वारुण यन्त्रका अग्नि नियन्त्रकहरू कुदे ।
छिनछिनमै बिग्रने भए पनि भक्तपुरमा चार वर्षदेखि यो एक मात्र दमकल छ । ‘दमकलहरू बिग्रिएर थन्किएको चार वर्ष बित्दा पनि अर्को व्यवस्था नहुनु दूर्भाग्य हो,’ जुद्ध वारुणयन्त्र भक्तपुरका प्रमुख कृष्णभक्त श्रेष्ठ भन्छन् ।
आगलागी भएका बेला भक्तपुरको दमकल बनेपा जानु नौलो कुरा होइन । उपत्यकाका दमकललाई बनेपा, धुलिखेल, सिन्धुपाल्चोक, दोलखा, धादिङलगायत ठाउँमा जानुपर्ने बाध्यता छ । अहिलेसम्म चलिरहेको भक्तपुरको दमकल पनि ८ वर्षअघि एम्बुलेन्सलाई मोडिफाइ गरी बनाइएको हो । त्यतिबेला भक्तपुरमा थप दुई दमकल थिए, ती दुवै २०६४ सालमा काम नलाग्ने भए ।
‘दमकल छ भन्नु मात्रै हो, नजिकै कतै आगो लाग्यो भने जसोतसो काम दिन्छ,’ श्रेष्ठले भने, ‘टाढा प¥यो भने धोका दिन्छ ।’ पानी नतान्ने र आगो निभाउन पानी माथिसम्म पु¥याउन नसकिनेजस्ता समस्या रहेको दमकलको भर नभएको उनी बताउँछन् ।
परालमा सल्किएर लागेको आगोले मानवीय क्षति भएन । भौतिक क्षति अनुमान नभएको अग्नि नियन्त्रकहरू नियन्त्रकहरू बताउँछन् । ‘पाँच परिवार बस्ने घरमा भएको आगलागीको क्षति अझै एकीन भइसकेको छैन,’ महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी पुस्कर केसीले भने, ‘अन्नपात, भाडाकँुडा र धनमाल क्षति भएको परिवारले बताएका छन् ।’
आगलागी बढी हुने अहिलेको सिजनमा जेनतेन काम चलाउन सक्ने भए पनि उक्त दमकलले केही राहत दिएको छ । बुधबार राति प्रहरी र काठमाडौंको दमकलभन्दा अगाडि पुगेर आगो निभाउन थाल्यो । केही साताअघि कालिमाटी तरकारी बजारमा भएको आगलागी निभाउनसमेत भक्तपुरबाट यो दमकल पुगेको थियो ।
भक्तपुरमा जीर्णै भए पनि दमकल छ । ललितपुरमा त आगलागी भयो भने त पूर्णतः अरुमा भर पर्नुपर्छ । डेढ वर्षदेखि ललितपुर उपमहानगरपालिका दमकल विहिन छ ।
बिहीबारै बिहान पाँच बजेतिर ललितपुरको ग्वार्कोमा भएको आगलागी निभाउन सिधै काठमाडौंको दमकल पुग्यो । ‘यस्तोबेला सम्बन्धित जिल्लामै दमकल भए केही सहज हुने थियो,’ काठमाडौं जुद्ध वारुण यन्त्रका प्रमुख लीलाराज गछामगरले भने, ‘काठमाडौंमै पनि दमकल आगो निभाउन गएका बेला वारुण यन्त्र कार्यालयमै आगो लागे पनि निभाउन अर्को दमकल छैन ।’
बिहीबार बिहान टायर रिसोलिङ गर्ने ठाउँमा भएको आगलागी नियन्त्रणमा कठिनाइ बेहोरेको अग्नि नियन्त्रकहरू बताउँछन् । ८० लिटर रासायनिक फम र एक दमकलको प्रयोग गरी दुई घण्टामा आगो नियन्त्रणमा आएको गाछामगरले बताए ।
यस्ता आगलागीका घटना गर्मीमा बढ्दै जाने भएकाले ठाउँठाउँमा दमकल तयारी अवस्थामा हुनुपर्ने उनको बुझाइ छ । ‘दुई ठाउँमा एकैचोटि आगो लागे, अत्यन्तै गाह्रो पर्छ,’ उनले भने, ‘ अहिल्यै घटनाहरूमा पनि ज्यादै अप्ठ्यारोसँग काम भइरहेको छ ।’
पेट्रोल पम्प, औद्योगिक क्षेत्र, काठका घर, ग्यास भण्डारण क्षेत्र, विद्युत् र रङ उत्पादन कम्पनीहरू तथा रङ लगाइएका घरमा आगो लाग्दा निभाउने समयानुकूल तालिम नहुँदा ज्यान जोखिममा पर्ने गरेको पनि अग्नि नियन्त्रको अनुभव छ । काठ र माटोको घरमा लागेको आगो पानीले निभाउन सकिने भएपनि ग्यास, पेट्रोल र रङजस्ता ठाउँमा आगो लागे रसायन प्रयोग गरी निभाउनुपर्छ ।
डेढ वर्षदेखि दमकलविहिन ललितपुरमा एक साताअघि मात्रै टेन्डर आह्वान गरिएको जुद्ध वारुणयन्त्रका प्रशासक राजेश राक्काले बताए । उनका अनुसार स्थानीय विकास मन्त्रालयको जगेडा कोषमार्फत किन्न टेन्डर गरिएको हो । कोषअन्तर्गत दमकल किन्दा मन्त्रालयको ९० प्रतिशत र स्थानीय निकायको १० प्रतिशत लगानीमा हुन्छ ।