ज्ञान न्यौपाने
ललितपुर, फागुन १०
सैबु नख्खुडोलमा व्यवस्थत बसोबास विकास गर्न जग्गा एकीकरण आयोजना सुरु भएको छ । बाजागाजासहित स्थानीयवासी, जग्गाधनी, सरकारी निकाय, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा बुधबार सभासद् पम्पा भुसालले आयोजनाको शिलान्यास गरिन् ।
दुई सय ८२ रोपनी जग्गाको एकीकृत विकास गरी स्थानीय स्तरमै जिम्मा लगाइने नगर विकास योजना कार्यान्वयन समिति, ललितपुरले जनाएको छ । टुक्राटुक्रा जग्गा एकीकृत गरी आवश्यक पूर्वाधार विकासपछि योजनबद्ध ढंगले सम्बन्धित जग्गाधनीलाई नै जिम्मा लगाइनेछ । समितिले ललितपुरकै लुभू, भैंसेपाटी र वागमती फाँटमा यस्तै आयोजना सम्पन्न गरिसकेको छ ।
हात्तीवनमा पनि चाँडै आयोजना अघि बढाउन अध्ययन भइरहेको समितिले जनाएको छ । अहिले १९ करोड ७० लाख रुपैयाँको लगानीमा सो क्षेत्रको एक सय ८२ रोपनी जग्गामा मात्र आयोजना सञ्चालन हुने नगरनियोजक एवं आयोजना प्रमुख वसन्तकुमार राईले जनाए ।
उनका अनुसार विस्तृत योजना रिपोर्ट (डिपिआर) तयार भएको चार वर्षभित्रै आयोजना पूरा हुनेछ । योजना अघि बढाउन काठमाडौं उपत्यका नगर विकास समितिले ५० लाख रुपैयाँ ऋण सहयोग प्रदान गरिसकेको छ ।
‘सबै जग्गाको एकीकृत विकास गरी स्थानीय जग्गाधनीलाई बुझाउँछौं,’ उनले भने, ‘आयोजनाअन्तर्गत मोटरबाटो, पानी, ढल, बत्तीलगायत आधारभूत सुविधाहरू थपिनेछन् ।’ आयोजना क्षेत्रमा बाटोको कुल लम्बाइको सडक हुनेछ । चारदेखि आठमिटर चौडा सडक कालोपत्रसमेत गरिनेछ । ढल र आवश्यकता अनुसार रिटेनिकङ वाल, ६ रोपनी खुल्ला क्षेत्र र अन्य सेवाका लागि स्थानीय निकायसँग छालफल गरिने तयारी छ ।
सम्बन्धित जग्गाधनीहरूबाट आयोजना माग भएकाले काम थालेको समितिले जनाएको छ । ‘२०६३ सालमा प्रस्तावित सैंबु ३ख, ३ग, ४क र ४ग अन्तर्गत पर्ने आयोजना सञ्चालन गर्न ललितपुर जिल्ला विकास समितिको रोहवरमा १४ सदस्यीय व्यवस्थापन उपसमिति गठन भइसकेको छ,’ उनले भने, ‘आयोजनाको डिपिआर उपप्रधानमन्त्रीस्तरबाट २०६६ पुस २४ गते स्वीकृत भए पनि अहिले स्थानीयवासीसँग समन्वय र छलफल गरिरहेका छौं ।’
आयोजना शिलान्यास गर्दै माओवादी नेतृ भुसाालले आधुनिक सहरीकरणका लागि यस्ता योजना जरुरी हुने बताइन् । ‘विकासको आवश्यकता महसुस गर्ने जनता र सरोकारवालाको समन्वयले नै यस्ता काम सफल हुन्छन्,’ उनले भनिन्, ‘राजधानीमा अहिले पनि जनतासँगै छलफलै नगरी गगनचुम्बी भवन बनाएर स्थानीयको सरोकारलाई बेवास्ता गर्ने काम भएको छ ।’
visit for published news: http://nagarikplus.nagariknews.com/component/flippingbook/book/874-nagarik-23-feb-2012/2-nagarik.html