पाटन संग्रहालयको पुस्तकालय खुला

ललितपुर मंसिर २७ नागरिक- पाटन संग्रहालयको कला एवं संस्कृतिसम्बन्धी पुस्तकालय सर्वसाधारणका लागि खुला गरिएको छ ।
संग्रहालयको केशवनारायण चोकको अडियो भिडियो कोठामा पुस्तकालय छ । संग्रहालयका कर्मचारी अवलोकनकर्ता र विद्यार्थीको अनुरोधमै पुस्तकालयलाई श्रव्य-दृश्य कक्षमा सारिएको हो ।

पुस्तकालयमा संग्रहालयसम्बन्धी अध्ययन र अवलोकन गर्न पाउने सुबिधा छ । पुस्तकालयमा संग्रहालयका मूर्तिसम्बन्धित जानकारी समेटिएका किताब पनि छन् । 
संग्रहालयसँगै स्थापित पुस्तकालय अहिले सर्वसाधारणका लागि खुला गरिएको संग्रहालय अधिकृत सुरेशमान लाखेले बताए ।
ुपुस्तकालय पहिले पनि थियो हामीसँग सम्पर्क नराखी पढ्ने पाइने थिएनु उनले भने ुअब जोसुकैले अध्ययन गर्न पाउँछन् ।ु
देशका अन्य संग्रहालयका रहेका पुस्तकालय सर्वसाधारणका लागि खुला छैनन् ।
पुस्तकालयमा नेपाली कला पत्रपत्रिका र संग्रहालय विज्ञानसम्बन्धी जानकारीमूलक विभिन्न ६ सय पुस्तक छन् । पुस्तकालयको सम्पूर्ण जिम्मा पाटन संग्रहालयले लिएको छ ।
संग्रहालय घुम्न आउनेलाई मात्र होइन पुस्तकालयमा मात्र जान पाउने व्यवस्था पनि छ । दैनिक ३ देखि ५ सयजनाले संग्रहालय भ्रमण गर्दै आएका छन् ।
ुमुख्य तया विद्यार्थी वर्ग तथा अनुसन्धानदाताका लागि यहाका पुस्तक उपयोगी हुन्छन्ु लाखेले भने ुआवश्यकता अनुसार थप्दै जानेछौं ।ु
भ्रमणका लागि आउनेको आवश्यकता हेरेर पुस्तकालयलाई सबैको पहुँचमा पुर् याइएको उनले बताए । पुस्तकालयमा अन्तकिर््रया गर्न मिल्ने ठाउँ पनि छ ।

*

Post a Comment (0)
Previous Post Next Post