गुफाको खोजी

झोक्योरे दक्षिण गुफा
ज्ञान न्यौपाने
२०३८ सालमा पोखराबाट चार दिनको जोखिमपूर्ण पैदल यात्रा गरेर तल्लो मुस्ताङको चोखोपानी पुगेका थिए, पुरातŒवविद् देवेन्द्रनाथ तिवारी ।
चोखोपानी खोलामा साना जलविद्युत आयोजना निर्माण गर्न सुरुङ खन्दा मानव कंकाल र अन्य अवशेषसहितका केही गुफा फेला परेपछि पुरातŒव विभागको टोली थप अध्ययनको निम्ति त्यहाँ पुगेको थियो ।
‘गुफाभित्रका पत्रपत्र कोपर्दा–केलाउँदा झन्डै दस डोका अवशेष भेटिए,’ तिवारी झन्डै तीस वर्षअघिको घटना सम्झन्छन्, ‘त्यसमध्येबाट काम लाग्ने छान्दा चार डोका पुग्यो । हामीले पालैपालो पिठ्युँमै बोकेर ओसा¥यौं, अहिले ती अवशेष कपिलवस्तु संग्रहालयमा छन् ।’
चिहान गाड्न बनाइएका भनिने ती गुफाबाट मानव कंकाल, जनावरका हाड, भाँडाकुँडा, मालाका टुक्रा, तामाका दुईवटा ढाल, कस्तुरीका दाह्रा, कौडाजस्ता अवशेष भेटिएको तिवारी आज पनि सम्झन्छन् । उनका अनुसार अवशेषको प्रकृति अध्ययन गर्दा ती इसापूर्व १००० देखि ४०० सम्मका छन् ।

तीस वर्षअघि फेला परेका मानवनिर्मित गुफाहरूको आज पनि सही पहिचान र उत्खनन् हुन सकेको छैन । हिमालपारिको विकट जिल्ला मुस्ताङका गुफा संरक्षणको पर्खाइमा छ

चोखोपानी गुफा अध्ययन गर्न गएको त्यही टोलीले मुस्ताङमा यस्ता अनगिन्ती मानव अवशेषयुक्त गुफाहरू छन् भन्ने तथ्य पत्ता लगायो । तर, तीस वर्षअघि फेला परेका ती गुफाको आज पनि सही पहिचान र उत्खनन् हुन सकेको छैन । हिमालपारिको विकट जिल्ला मुस्ताङका गुफा संरक्षणको पर्खाइमा छ । 
अनुसन्धानकर्ताहरू पहाडे चट्टान खोपेर बनाइएका गुफाभित्र छिर्न अतिकठिन भएको बताउँछन् । त्यसमाथि वर्षैपिच्छे भूक्षयलगायत कारणले कतिपय गुफा पुरिन्छन्, भत्किएर जान्छन् । 
‘महŒवपूर्ण गुफाहरूको उचित संरक्षण र व्यवस्थापन भएको छैन, वर्षेनी पानीले क्षति भइरहेको छ,’ पुरातŒव विभागका अनुसन्धान अधिकृत मोहनसिंह लामा भन्छन्, ‘सही व्यवस्थापन गर्न ज्यादै खर्चिलो हुन्छ ।’


गुफाभित्र के छ ?
चोखोपानीदेखि सुरु भएको अध्ययनबाट ती गुफाहरू कुनै पारिवारिक बसोबासका लागि त कुनै धार्मिक दृष्टिले बनाइएको पाइन्छ । पारिवारिक गुफामा मानिसले प्रयोग गर्ने वस्तुका अवशेष फेला परेका छन् । धार्मिकमा बौद्ध धर्मसँग सम्बन्धित गुम्बा, मण्डला चित्र, चैत्य एवं भित्तेचित्रहरू छन् । एकै गुफामा कतै मण्डला त कतै विभिन्न देवदेवीका र पञ्चबुद्धका चित्र देख्न पाइन्छ ।

पुरातŒवका अनुसन्धान अधिकृत लामाका अनुसार अन्य देशमा यस्ता गुफा देख्न पाइँदैन । लामासँगै अध्ययनमा गएको अमेरिकी टोलीले १३ औं शताब्दीका मूल्यवान भित्ते चित्रहरू गुफामा रहेको उल्लेख गरेको छ । ‘झोङक्योरे गुफामा त आधुनिक शैलीका भित्री कक्षहरू निर्माण गरिएका छन्,’ गुफाको अध्ययनमा संलग्न लामा भन्छन्, ‘छ तल्लासम्मका गुफा फेला परेका छन्, जहाँ तपस्या गर्ने, सभा गर्ने, खाना पकाउने, आराम गर्ने, लास गाड्ने, ट्वाइलेट (शौचालय) र सेफ्टी टंकीसमेतको व्यवस्था छ ।’

बुद्ध धर्मको विकास र विस्तारका क्रममा तपस्या र साधना गर्न एकान्त पहाडमा अँध्यारो कोठासहितको गुफा निर्माण गरिएको हुनसक्ने विश्वास छ । यस्ता गुफा वरपरका भग्नावशेष भवन र चैत्यले यो प्रमाणित गरेको लामा बताउँछन् । धर्म प्रचार गर्ने क्रममा बौद्धगुरुहरू यही बाटो भएर तिब्बत जानेआउने गर्दा गुफा बनाउन लगाएको उनको भनाइ छ । १७ शताब्दीमा जापानी भिक्षु इकाइ कावाकुचीको यात्राले पनि यही कुरा बताउँछ । उनी मुस्ताङको बाटो हुँदै भारतबाट जापान फर्केका थिए ।

मुस्ताङ, भारतको हिमाञ्चलस्थित मलारी र तिब्बती मरुभूमिस्थित ङारी प्रान्तका प्रायः गुफा मिल्दाजुल्दा छन् । पुरातŒवविद्हरूका अनुसार मलारी र ङारीका धेरैजसो गुफा प्राकृतिक हुन् भने मुस्ताङका मानवनिर्मित । मुस्ताङे गुफाको विशेषता भनेकै यही हो । 

यसले मुस्ताङ, उत्तरपश्चिम भारत र तिब्बती मरुभू्िममा करिब तीन हजार वर्षअघि नै मानवीय बसाइसराइ हुने गरेको पाइन्छ । यी क्षेत्र प्राचीन हिमाली पदमार्गका रूपमा रहेको यसले पुष्टि गर्ने पुरातŒवविद्हरू बताउँछन् । उनीहरूले यात्राका क्रममा माटैमाटोले भरिएका यी पहाडमा गुफा बनाएको अध्ययनमा संलग्नहरू बताउँछन् । यो नै अहिलेसम्मको खोज र अनुसन्धानको बृहत उपलब्धि हो ।

पुरातŒवविद्हरूका अनुसार गुफाका हिसाबले तल्लो मुस्ताङभन्दा माथिल्लो मुस्ताङलाई ठूलो स्तरमा राख्नुपर्छ । अहिलेसम्म माथिल्लो मुस्ताङमा अध्ययन (जमिनमुनि दबेका अवशेषको खोजी नभएको) मात्र भएको छ भने तल्लोमा पाँच वर्ष लामो उत्खनन् (जमिनमुनि दबिएर रहेका अवशेषको पहिचान) गरिएको छ ।

‘तल्लो मुस्ताङको उत्खनन्को नतिजाभन्दा माथिल्लोको स्थलगत अध्ययनले धेरै कुरा देखाएको छ,’ लामा भन्छन्, ‘यी क्षेत्रमा पनि खनेर तथ्य खोज्न थालियो भने धेरै प्रमाण भेटिन सक्छन् ।’

नयाँ अध्ययन– सिल्करोडमा मुस्ताङ

हाल अध्ययन गरिरहेको अमेरिकी पुरातŒवविद् मार्क एल्डेनडेफर र अनुसन्धानकर्ता पिटर एथेन्सको टोलीले २७ वटा पुराना गुफामा पाचौं शताब्दीतिर मानवीय बसोबास रहेको प्रतिवेदन दिएको छ । यसअन्तर्गत नुप्छोक, लुरी, मार्झोङ, कोन्जोलिङ, गुगुमा, रिजलिङ, झोङक्यारे, झोङ लुम्बा र समर गुफामा २००८ देखि अध्ययन भइरहेको छ । त्यसमध्ये नुप्छोक, कोन्जेलिङ र रिजलिङ गुफामा प्राचीन धार्मिक भित्तेलेखन भेटिएका छन् । झोङक्यारे मानव बस्तीका निम्ति बनाइएको ठहर गरिएको छ ।

मुस्ताङका बासिन्दा उत्तर–पश्चिम भारतबाट तिब्बती मरुभूमि हुँदै यहाँ आएको पुरातŒवविद्हरूको अनुमान छ । यसले प्राग ऐतिहासिक समयदेखि हिमाली भेगबाट समथर भेगमा मानिसको बसाइसराइ हुने गरेको देखाउँछ, जुन आधुनिककालमा पनि जारी छ । चिहान गाड्ने तीनवटा छुट्टाछुट्टै गुफामा भेटिएका कंकालको प्रयोगशाला परीक्षण गर्दा १०० इसापूर्व, पाँचौं शताब्दी र १४ औं शताब्दीका अवशेष रहेको पाइएको छ । यी गुफामा ६ हजार ५ सय वर्षअघि नै शव गाड्ने ठाउँ बनाइएको पुरातŒवविद्हरूले बताएका छन् ।

गुफाको प्रकृति र अवशेष अध्ययन गर्दा एसियादेखि भूमध्य सागरसम्म फैलिएको प्राचीन व्यापारिक मार्ग ‘सिल्क रोड’सँग पनि मुस्ताङ जोडिएको पाइन्छ । पुरातŒवविद्हरूले गण्डकी नदीको किनार हुँदै हजारौं वर्ष पहिलेदेखि बसाइसराइ हुने गरेको बताएको छ । अवशेषहरूको कार्बन डेटिङ र डिएनए परीक्षणले मध्यएसिया, तिब्बती मरुभूमि र दक्षिणपूर्वी एसियाबीच कालीगण्डकीको किनार हुँदै बसाइसराइ भएको देखाएको हो । यसक्रममा एकआपसमा कला र धर्मको आदानप्रदान पनि भएको बताइएको छ । 

बजेट अभाव

संरक्षण अभावले गुफामा भेटिएका कतिपय महŒवपूर्ण अवेशष हराउने चुनौती रहेको पुरातŒवविद्हरूले बताएका छन् । ‘अध्ययन क्रममा रहेका गुफामा कसैलाई पस्न दिनु हुँदैन,’ पुरातŒवविद् शुक्रसागर श्रेष्ठले भने, ‘स्थानीयलाई गुफाको महŒवबारे चेतना पनि दिनुपर्छ ।’ स्थानीयको चेतना अभावले गुफामा फेला परेका कतिपय दुर्लभ अवशेषहरू नासिएरै गएको हुनसक्ने उनले बताए ।

सन् १९९८ यता विशेष अनुमति लिएर मुस्ताङ जान खुला गरिएकाले पनि यस्ता पुराताŒिवक महŒवका सामग्रीको संरक्षणमा ध्यान दिनुपर्ने विज्ञहरूको भनाइ छ । उत्खनन्मा ढिला गर्न नहुने पनि उनीहरूको भनाइ छ । तर, समस्या बजेटको हो । अहिले पनि यस्ता गुफा उत्खनन् गर्न विदेशीको मुख ताक्नुपर्ने अवस्था छ । नेपाल सरकारको उत्खनन् बजेट नपुग रहेको पुरातŒव विभागका अधिकारीहरू बताउँछन् । विभागका अनुसार सरकारले उत्खनन्का लागि भनेर यस वर्ष १३ लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ ।

मुस्ताङ गएर अध्ययन गर्नुपर्दा एकचोटिमै ४० देखि ५० लाख रुपैयाँ खर्च हुने लामा बताउँछन् । एउटै अवशेषको परीक्षणमा पाँच लाखसम्म खर्च हुन्छ । कतिपय परीक्षण गर्न विदेशी प्रयोगशाला लग्नुपर्ने हुँदा पनि खर्च बढ्ने गरेको छ ।

सरकारले उत्खनन्मा प्राथमिकता दिने हो भने मुस्ताङसँग जोडिएका थुप्रै ऐतिहासिक प्रमाण फेला पर्ने पुरातŒवविद्हरू बताउँछन् । त्यही भएर मुस्ताङमा अध्ययन गरिहेको नेसनल जेयोग्राफिक्स सोसाइटीले उत्खनन्मा चासो दिएको विभागको भनाइ छ ।


कहाँ कहिले उत्खनन्÷अध्ययन ?
– तल्लो मुस्ताङमा जर्मनको कोलोन विश्वविद्यालय र पुरातŒव विभागले सन् १९९२ देखि १९९७ सम्म संयुक्त रूपमा गरेका थिए । खिंगा, झारकोट दरबार, घरापझोङ र फुजलिङको पुरानो बस्ती÷स्थल उत्खनन्् गर्दा मानव अवशेष, माटाका भाँडाकुँडा र  टुक्राहरू, जनावरको टाउको, हाडलगायत सामान भेटिए । ती सामग्री इसापूर्व ४०० देखि १६०० इस्वीसम्मको रहेको अनुमान छ ।
– झोङ, मेब्राक, चोखोपानी र फुजलिङ क्षेत्रका गुफा उत्खनन्् गर्दा मानव अवशेष, जनावर अवशेष, माटाका भाँडाकुँडा, काठका चम्चा, ढुंगाका हतियार, जंगली भालुको दाँत, पोतेका गेडा, धातुका सामान, कौडा लगायत सामान फेला परे । झोङ तथा मेब्राक इसापूर्व ४०० देखि १६०० इस्वी र फुजलिङ गुफा इसापूर्व ४०० देखि १४०० इस्वीसम्मको रहेको अनुमान छ ।
– माथिल्लो मुस्ताङमा भइरहेको स्थलगत अध्ययन सन् २०१२ सम्म चल्नेछ । पुरातŒव विभागसँगको सहकार्यमा अमेरिकी अनुसन्धान संस्था स्काइडोर फाउन्डेसन र नेसनल जियोग्राफिक टेलिभिजन एवं नेसनल जियोग्राफिक सोसाइटीले यसको अध्ययन गरिहेको छ । यही अध्ययनले सन् २००८ मा ६०० देखि १५०० वर्षसम्मका मानव कंकाल र १८०० वर्ष पुरानो माटोको लिउन पत्ता लागेको थियो । अहिले उक्त टोलीले मान्छेको दाँत, पुराना माला लगायत अवशेष परीक्षण गर्न अमेरिका लगेको छ ।



आधुनिक डिजाइनमा आधारित झोङक्योरे गुफा

मानव बस्तीका लागि निर्मित झोक्योरे गुफामा आधुनिक बंगलाको जस्तै कोठाहरूको ढाँचा छ । माथिल्लो मुस्ताङस्थित झोङक्योरे गुफाको एकातिरको भागलाई झोङक्यारे उत्तर तथा अर्कोपट्टिलाई झोङक्योरे दक्षिण नामाकरण गरिएको छ । दुवै गुफा आमनेसामने छन् । अरूभन्दा बृहत रूपमा फैलिएका गुफामा बसोबासका निम्ति निर्माण भएका प्रशस्तै प्रमाण देखिएका छन् । पुरातŒव विभागका अनुसन्धान अधिकृत मोहनसिंह लामाका अनुसार यी गुफामा चारदेखि छ तलासम्ममा विभिन्न फरक–फरक किसिमका कोठा छन् ।
झोक्योरे दक्षिण गुफा



कोठाको निर्माण बलौटे माटो काटेर बनाइएको लामाले जानकारी दिए । दुवै गुफामा गरेर लगभग ३० वटाभन्दा बढी कोठाका स्केच लामाले देखाए, जसमा सुत्ने, भान्सा गर्ने, शव राख्ने, देउता पुज्ने, ध्यान गर्ने लगायत कक्ष फेला पेरका छन् । भान्सा कोठामा भान्साका सामग्री, बरन्डा, चिहान राख्ने काठको भाँडो, भगवानका चित्र, चर्पीका जस्ता अवशेष पाइएको छ । ‘भिरालो र जोखियुक्त गुफाहरू विस्तारै नास हुँदै गएकाले अझै केही प्रमाण हराएका हुनसक्छन् र भविष्यमा गुफाकै नास हुनसक्छ,’ लामा भन्छन् ।

भित्री कोठामा हावा छिर्ने खालको बनोट रहेकामा अहिले माटोले पुरिएर निसास्सिने अवस्था रहेको उनको ठहर छ । ‘मुस्किलले छिर्न सकिने झोङक्योरे उत्तर गुफाको सुरुको कोठामा म घिस्रिएर छिरेँ, तर सास फेर्न अप्ठ्यारो भएपछि तुरुन्तै निस्केँ,’ उनले भने । उत्तर गुफाको ठिक दक्षिणपट्टि रहेको झोङक्योरे गुफामा माटोका ठुल्ठुला इँटा, आयातकार कोठा तथा थुप्रै कक्ष छन् ।

To see in Paper go: http://nagarikplus.nagariknews.com/component/flippingbook/book/813-nagarik-31-dec-2011/2-nagarik.html    and turn page 5.

Photo Feature
उत्खनन्का क्रममै करिब छ÷सात महिनाको बच्चाको टाउकोदेखि खुट्टासम्मको भाग रहेको अस्थिरपञ्चर । सन् १९९० को दशकमा उत्खनन्बाट प्राप्त १५ सय वर्ष पुरानो अस्थिरपञ्चर अहिले राष्ट्रिय संग्रहालयमा राखिएको छ ।



हालै अमेरिकी टोलीले परिक्षणको लागि अमेरिका लगेका पुराना मालाका सामान । यी सामान दक्षिण पश्चिमी मुलुकबाट आयातीत हुनसक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।


भत्किँदै गएका गुफाहरू


उपल्लो मुस्ताङबाट पछिल्लो पटक भेटिएको मुकुट । भारतको हिमाञ्चलस्थित मलारी र चीनको ङारी प्रान्तस्थित तुइलिङ भिलेजबाट पनि यस्तैखाले मुकुट भेटिएको छ । यसप्रकार मुकुटले एकै समय र संस्कृतिको चिनारी दिएका छन् ।

२० कोठा, आधुनिक शैलीका पूजाकोठा, भान्सा, शयनकक्ष र चर्पी । सबै कोठामा हावा र प्रकाश छिर्ने व्यवस्था रहेको झोङक्योरे गुफाको स्केच

मुस्ताङका गुफामा अध्ययन गर्दै अमेरिकी पुराताŒवविद् ।
photos by Mohansigh Lama for Nagarik Daily,

*

Post a Comment (0)
Previous Post Next Post