लोकसेवा तयारी अनलाइनमै

ज्ञान न्यौपाने
काठमाडौं मंसिर २७
परराष्ट्र मन्त्रालयका नायब सुब्बा देवदूत ढकाल जर्मनीस्थित नेपाली दुतावासमा छन् । जर्मनीमै बसेर बसिबसी अधिकृत तहका लागि लोकसेवा आयोगको तयारी गर्नु छ उनलाई । 

देवदूतजस्ता देशबाट टाढा रहेर पनि परीक्षा तयारी गर्ने माध्यम भएको छ अनलाइन लोकसेवा लोसेआ गाइड ।
डब्लु डब्लु डट लोकसेवा गाइड डट कममा रजिस्टर गरी जुनसुकै समय पढ्न सकिनेछ । प्रयोगकर्ताले खरिदार नायव सुब्बा र अधिकृत तहमा लोक सेवा आयोगको पाठ्यक्रममा आधारित जानकारी प्राप्त गर्न सक्नेछन् ।

भौगोलिक विकटताका कारण प्रतिस्पर्धात्मक परिक्षा पास गर्न सहरी क्षेत्र वा काठमाडौंमै धाउनुपर्ने बाध्यता अन्त्य हुने साचालन पक्षको भनाइ छ । यस खालको अनलाइन सेवा नेपालमै पहिलो हो ।

राजधानीमा कार्यालय स्थापना गरी भदौदेखि साचालित गाइडले देश तथा विदेशका परीक्षार्थीलाई सहयोग गरिहेको छ । बैंकमार्फत निश्चित रकम दिएपछि देश वा विदेश जसले पनि सेवा लिन पाउँछन् ।

अर्का परीक्षार्थी यज्ञ पौडेल ब्राजिलमै रहेर शाखा अधिकृत तहको तयारी गरिहेका छन् । अछामको मंगलसेनमा माध्यमिक तहमा अध्यापन गराइरहेका सुरेश जैसी पनि यसका प्रयोगकर्ता हुन् ।

ुयहाँ किताब पर्याप्त पाइँदैन पत्रपत्रिका पनि ढिला आइपुग्छु उनले भने ुत्यसैले उपयुक्त लागेर प्रयोग गरेको हुँ ।ु
रुकुमका बागिसंह ओलीले ट्युसन पढ्न नपाइने र किताब किन्न खर्चिलो भएकाले अनलाइन राम्रो माध्यम भएको बताए । उनी जिल्ला बालकल्याण समिति रुकुममा कार्यरत छन् ।

गाइडका साचालन सहजकर्ता यदु नेपालका अनुसार लोकसेवाका कोस्रमा कम्प्युटर सीपलाई अनिवार्य गरिएको छ । राजधानीको नयाँ बानेश्वरमा रहेको यसको कार्यालयमा उच्च तहका सरकारी अधिकारीले अनलाइनमा प्रश्नावली राख्ने काम गर्दै आएका छन् ।

दुई सयभन्दा बढी नियमित प्रयोगकर्ता दर्ता भएको नेपालले बताए । त्यसमा पनि दुर्गम क्षेत्रका कर्मचारी बढी छन् ।
अधिकृतको सम्पूर्ण कोस्र न्यूनतम १८ सयदेखि २२ सयसम्म मूल्य तोकिएको छ । फोनबाटै प्रश्नबारे जिज्ञासा सुन्ने र किताबको व्यवस्था गरिदिने योजनासमेत रहेको नेपालले जानकारी दिए ।

Via NAGARIK NATIONAL DAILY

*

Post a Comment (0)
Previous Post Next Post