ज्ञान न्यौपाने
भक्तपुर मंसिर २१
दुई दमकल कामै नलाग्ने गरी थन्किएपछि ८ वर्षदेखि भक्तपुरमा एम्बुलेन्सलाई मोडिफाइ गरी दमकलका रुपमा प्रयोग गरिँदै आएको छ । त्यसमा पनि फायरिङ सिस्टम नहुँदा अत्यावश्यक परेका बेला भरपर्दो सेवा दिन नसकिएको भक्तपुर जुद्ध वारुणयन्त्र कार्यालयले जनाएको छ ।
जुद्ध शमशेरले निर्माण गरेको वारुण यन्त्र भक्तपुरमा दुई दमकल थन्केर बसेका छन् । यिनको मर्मत सम्भार र नयाँ दमकलको व्यवस्था नहुँदा कार्यालयले व्यवस्थापनकै झमेला छ ।
२०६० सालमा जर्मन सरकारले सिद्धिस्मृति अस्पताललाई पुरानो एम्बुलेन्स दिएको थियो । ३५ वर्षअघि बनेको यो गाडी अस्पतालले आफूलाई काम नलाग्ने बताएपछि वारुण यन्त्र कार्यालयले मोडिफाइ गरेर त्यसलाई दमकलको रुप दिएको थियो ।
ुअस्पतालले हामीलाई काम लाग्दैन भनेपछि गृह मन्त्रालयसँग समन्वय गरी म नै कलकत्ता गएर ल्याएको हुँु दमकल चालक ५८ वर्षे आशाकाजी धौबन्जारले भने ुत्यतिबेलैदेखि टुंकी र पम्प जोडेर दमकलका रुपमा चलाउँदै आएको छु ।ु तीन तलाभन्दा माथि आगो लागे यो दमकलले निभाउन नसक्ने उनी बताउँछन् ।
एम्बुलेन्सलाई मोडिफाइ गरी बनाइएको दमकल । तस्बिर ः ज्ञान न्यौपाने |
ुदमकल छ भन्नु मात्रै हो नजिकै कतै आगो लाग्यो भने जसोतसो काम दिन्छु कार्यालय प्रमुख कृष्णभक्त श्रेष्ठले भने ुटाढा पर् यो भने धोका दिन्छ ।ु तर पनि पुराना दुवै दमकल काम नलाग्ने भएपछि २०६४ सालदेखि यसकै भरोसा छ ।
देशभर नै वारुण यन्त्र कार्यालय नगारपालिका र स्थानीय विकास मन्त्रालयअन्तर्गत भएपछि भक्तपुरमा यो गृह मन्त्रालयकै जिम्मामा छ । त्यही भएर गृह एक्लैले भक्तपुरलाई दमकलको व्यवस्था गर्न नसकेको श्रेष्ठ बताउँछन् । उनका अनुसार मन्त्रालयले स्थानीय निकायसँग समन्वय गरी दमकलको व्यवस्था गरिदिने मौखिक आश्वासन भने दिएको छ ।
भक्तपुरमा आगलागीका घटनामा भइहाले काठमाडौंको जुद्ध बारुण यन्त्रलाई
गुहार्ने गरिएको छ । ललितपुर उपमहानगरपालिका भने वैशाखदेखि नै दमकलविहीन छ ।
स्थानीय विकास मन्त्रालयले भने उपत्यकामा दमकलको समस्या चाँडै समाधान हुने
जनाएको छ । ुभारतीय दूतावासले चार महिनाभित्र १७ वटा दमकल उपलब्ध गराउँदैछु
मन्त्रालयका अधिकृत एकनारायण शर्माले भने ुसम्पूर्ण दमकल स्थानीय निकायलाई
आवश्यकताअनुसार बाँड्छौं ।
http://nagariknews.com/society/nation/34043-2011-12-08-20-16-03.html#.TuR6BnyPyzA.facebook