भेदभावविरुद्ध परिवारभित्रैबाट संघर्ष

ज्ञान न्यौपाने
काठमाडौं मंसिर १८
परिवारले नपढाउने भनेपछि अपांगता भएकोमा उनलाई सानैेदेखि खेद थियो । तर भाइको रेखदेख गर्न उनी पनि स्कूल जान थालिन् । अपांगता भएकै कारण परिवारबाट भएको विभेद सम्झँदै मेहनत र लगनसाथ पढ्दै जाँदा भाइ फेल भए पनि उनी प्रथम श्रेणीमा पास भइन् ।
ुभाइलाई रेखदेख गर्दागर्दै पनि उसको कक्षामा बस्ने मौका पाएँु इटालीमा अन्तर्राष्ट्रिय महिला पुरस्कार थापेर फर्किएकी रामेछापकी मीना पौडेलले बाल्यकाल सम्झँदै भनिन् ुत्यही बेलादेखि अपांग्ाता विभेदविरुद्ध लड्दै अगाडि बढ्दा डिग्री हासिल गरिसकें ।ु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार ट्रफी
पुरस्कार देखाउँदै मीना पौडेल । तस्बिर ः नागरिक






३० वर्षीया पौडेल अहिले परिवारमै सबैभन्दा शिक्षित सदस्य हुन् । चार दाजुभाइ र चार दिदी रहेको उनको परिवारमा अपांगता भएकी उनी एक्ली सदस्य हुन् । 

ुकहिले परिवारले पढ्न नदिने त कहिले अपांगलाई पढाएर के गर्ने भन्ने आफन्तहरुको धारणाले मन दुख्थ्योु उनी भन्छिन् । घरमा पढ्ने वातावरण नभए पनि उनले एसएलसी पास गरिन् र उच्च शिक्षाका लागि काठमाडौं आइन् । शारीरिक अपांगता भएका उनीजस्तै सात महिला मिलेर नेपाल अपांग महिला संघ खोले र विभेदविरुद्ध काम गर्न थाले ।

अपांगताका बाबजुत कडा संघर्ष गरेर अपांगहरुकै क्षेत्रमा काम गरिरहेकी पौडेललाई एड्स र सामाजिक क्षेत्रमा काम गर्ने दक्षिण अपि्रुकी महिलासँगै शनिबार प्राइम रिजनल काउ_िन्सलले अन्तर्राष्ट्रिय महिला पुरस्कारबाट सम्मानित गर् यो । ३५  हजार युरो नगद पुरस्कार राशि दुवैले आधाआधा बाँडेका छन् । पुरस्कारका लागि अपांगताका क्षेत्रमा काम गर्ने जर्मनी अन्तर्राष्ट्रिय संस्था सिबिएमले उनको नाम प्रस्ताव गरेको थियो ।

ुमेरो त्याग र बलिदानको कदर भएको छु आइतबार विमानस्थलमा पौडेलले पत्रकारहरुसँग भनिन् ुपरिवारले पनि मेरो महत्व बुझेका छन् ।ु पुरस्कारले ग्रामीण क्षेत्रमा हेपिएर बस्न बाध्य अपांगहरुको उद्धारमा लाग्ने थप उत्साह जागेको उनले बताइन् ।

ुम संघर्ष गरेर अघि बढेंु उनले भनिन् ुतर अझै ग्रामीण क्षेत्रका अपांगता भएकाहरु भेदभाव सहेरै बसिरहेका छन् ।ु रामेछाप सैपु-८ मा जन्मिएकी उनी अहिले आफूजस्तै शारीरिक अशक्त महिलाका लागि काम गर्न १४ वर्षअघि खोलिएको नेपाल अपांग महिला संघकी कार्यक्रम संयोजक छिन् । उनका श्रीमान् र एक छोरा झापामा बस्छन् ।

VIA NAGARIK NATIONAL DAILY

*

Post a Comment (0)
Previous Post Next Post