![]() |
अब बन्ने भाइदेगल मन्दिरको रुपरेखा |
काठमाडौं,कात्तिक २०
पाटन दरबार स्क्वायरमा रहेको भाइदेगल मन्दिर निजी तथा संस्थागत सहयोगमा पुनःनिर्माण गरिने भएको छ ।
१९९० सालको भूकम्पमा ध्वस्त भएको मन्दिर पुनःनिर्माणमा ३० लाख रुपैयाँ उठिसकेको काठमाडौं भ्याली पि्रजर्भेसन ट्रस्ट केभिपिटी ले जनाएको छ । ६ करोडको लागतमा तीनतले मन्दिर दरबार स्क्वायरको दक्षिण-पश्चिमस्थित पुरानै ठाउँमा पुनःनिर्माण हुन लागेको हो ।
पाटन संग्रहालयमा राखिएको टुँडालका आधारमा वरिपरिकै सबभन्दा अग्लो हुने निर्माण संस्थाको भनाइ छ ।
भूकम्पपछि शिविलंग संरक्षण गर्न पुरानो अवशेषबाट गुम्बा आकारमा मन्दिर स्थापित भएको थियो । ुअहिले त्यही गुम्बालाई भत्काएर पुरानो पिलरदेखि उठाउँछौंु ट्रस्टका प्रबन्धक राजु रोकाले भने ।
अहिलेसम्म पुरातत्व विभागसँग मौखिक अनुमति लिइए पनि केही लिखित लिन प्रकि्रया चलिरहेको रोकाले बताए ।
ुपूर्ण रुपमा दाताबाट सहयोग पाउनेमा आशावादी छौंु उनले भने । सहयोगी दाताको नाम भने उनले बताउन चाहेनन् ।
प्यागोडा शैलीमा निर्माण भएको मन्दिरको वनावट पहिचान गर्न चार वर्ष लागेको रोकाले बताए । ुबाहिरी-भित्री डिजाइन भइसकेको छु उनले भने ुकस्ता बुट्टा प्रयोग गर्ने भन्ने मात्र टुंगो लाग्न बाँकी छ ।ु
मन्दिर निकै ठूलो हुने भएकाले काठ पनि बढी लाग्ने अनुमान छ । ुचार हजार क्युफिट साल र सल्लाको काठ चाहिन्छु उनले भने ुयसले गर्दा पनि महँगो हुन पुगेको छ ।ु
![]() |
९० सालअघिको भाइदेगल मन्दिर माथि र त्यसबापत निर्माण गरिएको गुम्बा शैलीको मन्दिर तल स्रोत ः केभिपिटी |
समूहका उपाध्यक्ष दीक्षितले एक महिनापछि काम सुरु हुने जानकारी दिए । मन्दिर ऐतिहासिक भए पनि छनोटमा नपरेको कारण सबैले यसलाई सहयोग गर्न जरुरी देखिएको उनले बताए ।
ुअरु पुनः निर्माण भए तर यसमा राज्यको चासो पुगेनु उनले भने ुत्यसैले स्थानीय स्रोतका आधारमा निर्माण अघि सारेका हौं ।ु यसले सम्पदा संरक्षणमा सबैलाई जागृत गराउने उनको भनाइ छ ।
अहिलेको अवस्थामा गुम्बा शैलीको मन्दिर तस्बिरः ज्ञान न्यौपाने/नागरिक |