![]() |
आइसाइकल केटिएम लेखिएको लोगो |
ज्ञान न्यौपाने
काठमाडौं मंसिर ७
ुआइ साइकल केटिएमु अर्थात् म काठमाडौंमा साइकल चढ्छु । यो नारासहित सन् २०२० सम्म काठमाडौंलाई साइकल मैत्री बनाउने अभियानमा लागिपरेका छन् कालिमाटीका २५ वर्षे शैलेन्द्र डंगोल ।
साइकल सिटीको अवधारणा सन् २००९ बाट अघि सारेको उनी सम्झन्छन् । साथीहरुसँग चियागफमा थालेको यो अभियान सफल बनाउन उनीहरुले साइकल सिटी नेटवर्क नेपाल नै गठन गरेका छन् । सुरुमा २० जनाको रहेको यो समूहमा अहिले दोब्बरभन्दा बढी सदस्य छन् ।
काठमाडौं मंसिर ७
ुआइ साइकल केटिएमु अर्थात् म काठमाडौंमा साइकल चढ्छु । यो नारासहित सन् २०२० सम्म काठमाडौंलाई साइकल मैत्री बनाउने अभियानमा लागिपरेका छन् कालिमाटीका २५ वर्षे शैलेन्द्र डंगोल ।
साइकल सिटीको अवधारणा सन् २००९ बाट अघि सारेको उनी सम्झन्छन् । साथीहरुसँग चियागफमा थालेको यो अभियान सफल बनाउन उनीहरुले साइकल सिटी नेटवर्क नेपाल नै गठन गरेका छन् । सुरुमा २० जनाको रहेको यो समूहमा अहिले दोब्बरभन्दा बढी सदस्य छन् ।
एक दसकभित्रै काठमाडौंलाई साइकल मैत्री सहर बनाउने अभियान थालिए पनि अव्यवस्थित सहरीकरण ठूलो चुनौती रहेको उनीहरु बताउँछन् । बढ्दो सवारी चापसँगै डराएका साइकलयात्रीको यो सपना पूरा होला ुपूरा होस्-नहोस् देख्न छोड्नु हुन्नु भन्ने कथन डंगोलको हकमा पनि लागु हुन्छ ।
![]() |
सैऌेन्द्रले नेपाल पर्यटन बोर्डमा ुकाठमाडौं साइकल २०२०ु को बारेमा बोल्दै |
सानैदेखि वातावरणका क्षेत्रमा केही गर्ने चाहना रहेको बताउने डंगोल जलवायु परिवर्तन र वातावरणसम्बन्धी कार्यक्रममा सहभागी भइरहन्छन् । साइकल वातावरणीय हिसाबले पनि उपयुक्त सवारी हो । ुबढ्दो सवारी चापले सीमित मात्रामा रहेको इन्धन स्रोत घटाउने मात्र होइन वातावरणसमेत प्रदूषण हुन्छु उनी भन्छन् ुसाइकल प्रयोगले वातावरण र स्वास्थ्य दुवैलाई फाइदा पुग्छ भने किन नचढ्ने ु
साइकल यात्राबाट हुने फाइदाबारे जानकारी गराउँदै अघि बढ्दा साथी र अपरिचित व्यक्तिहरुले समेत साथ दिएको उनी बताउँछन् ।
सुरु भएको समयपछि अहिलेसम्म धेरै साइकल यात्री थपिएका यो अभियानलाई साइकल हरेक दिनको सवारी दुर्घटना देखि लिएर साइकल यात्रीलाई अन्य सवारीले हेप्ने प्रवृतिको अन्त्य होस भन्ने उनकॊ अभियानको मुख्य चाहना हो । बरु साइकलले पनि नियम मिचे जरिवाना तिराएर पनि साइकल यात्रीलाई सबैले सम्मान गर्नुपर्ने अभियानको विचार रहेको छ ।
ुसाइकल चलाएमा तेलको अभाव सिर्जना नहुने वाताारण प्रदुषण नहुने एवं स्वास्थ्यको लागि पनि पलाइदाजनम छु उनी भन्छन् ुसवारी चाप पनि कम हुन्छ ।ु
तीन हप्ताअघि वातावरण संरक्षणविद एवं साइकलयात्री प्रल्हाद योाजनको साइकल दुर्घटनामा मृत्यु भएपछि उनीहरुलाई होसियार बनाएको उनको भनाइ छ । उनी भन्छन् ुयोाजनजीको दुर्घटनापछि मेरा परिवारले साइकल छोड्न आग्रह गरेका थिए ।ु परिवारले साइकलको साटो मोटरसाइकल किन्न आग्रह गर्दापनि त्यो सहर्ष नभएको स्वीकार्छन उनी ।
आफुलाई सानैदेखि साइकलमा इच्छा रहेको बताउँदै उनले वितेका चार वर्षदेखि साइकलमा यात्रा गरेको आफ्नो अनुभव सुनाउँछन् । ुमलाई साइकलमा बस्दा छुट्टै आनन्द आउँछ । म एक किसिमको आनन्द महसुस गर्छुु उनी सम्झन्छन् ुबाल्यकालमा साधै साइकलमा यात्रा गरेको सपना देख्थे यसले पनि मलाई प्रभाव पार् यो ।ु
तर काठमाडौं उपत्यकाका स-साना सडक त्यसमाथि साइककल लेनको प्रयोग नहुनु उनका अभियानका अवरोधक पनि हुन सक्छन् । लेनको व्यवस्था अन्य सवारी चालकले साइकललाई हेर्ने दृष्टीमा परिवर्तन साइकलवालालाई सानो दृष्टि जस्ता चुनौति पूरा गरेमा काठमाडौं साइकल मैत्री सहर हुनेमा उनी विस्वस्त देखिन्थे । उनी भन्छन् ुगरिबले होइन इच्छाशक्ति भएकाले साइकल चलाउँछन् भन्ने कुरा यस अभियनले प्रमाणित गर्छ ।ु
यसका लगि उनले विभिन्न सभा सम्मेलनमा यसबारे जानकारी गराइरहेका छन् । चार गते मंसिरमात्रै काठमाडौंमा भएको ुपेचाकुचा नाइटु नामक कार्यक्रममा आफ्नो अभियानबारे जानकारी गराएका थिए । जुन कार्यक्रम उनीजस्तै अन्य क्षेत्रका युवाले पनि विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए । अहिले काठमाडौं विश्वविद्यालयमा प्राकृतिक र मानवको अन्तरसम्बन्ध सम्बनधी अध्ययन गरिरहेका उनी भन्छन् ुमैले वातावरण र साइकलको सम्बन्धका बारेमा पनि स्पष्ट पार्न सके अन्य धेरै पनि साइक प्रेमी हुन्छन् ।ु
उक्त कार्यक्रममा साइकल यात्रिले भोग्नुपरेका समस्या साइकलमा यात्रा गर्दाका फाइदा÷वेफाइदा लगायत झल्कने तस्विरयुक्त प्रस्तुति दिएका थिए । साथै उनले कार्यक्रममा विद्यालय तहका विद्याथीमा साइकल क्लबको गठन गरेर पनि साइकलप्रेमी बढाउँन सकिने बताएका थिए ।
साइकल यात्रासँगै यसको सुरक्षको चुनौतिपनि हुन्छ ठमेलबाट तीन दिन अघि आफ्नो साइकल हराइएको बताउँदै उनी भन्छन् ुसाइकल स्टेन्डको पनि व्यवस्था भएमा यो समस्या पनि हल हुन्छ । कमलपोखरी स्थित सिटिसेन्टरले निर्माण गरेको साइकल स्टन्ड देखेर हामीले सेन्टरप्रति गौरवानवित भएका छौं ।ु त्यसपछि अन्य ठूलाठूला व्यापारिक मललार्य पनि भरपर्दो साइकल स्टन्ड बनाउँन निवेदन दिइसकेको उनी बताउँछन् । साथै यस कुराप्रति मलहरु सकारात्मक रहेको उनको विश्वास छ ।
ु२०२० काठमाडों साइकल सिटीु को अभियानलाइ साथ दिन विभिन्न सरकारी निकायका प्रतिनिधिलार्य भेटिरहेको डंगोल बताउँछन् । हालसालै प्रधानमन्त्री बाबुराम भट्टराइलाई पनि एक साइकल उपाहार दिइएर यो अभियानको साथ दिन आग्रह गरिने उनको भनाइ छ ।
Via NAGARIK DAILY