संरक्षणविद्को सम्झनामा मौन साइकल र् याली

पाँच दिनअघि साइकल दुर्घटनामा ज्यान गुमाएका साइकलयात्री वातावरण संरक्षणविद प्रह्लाद योाजनको सम्झनामा काठमाडौंमा मौन र् याली आयोजना गरियो ।
विश्वसाइकलयात्री प्रतिष्ठानको आयोजनामा शनिबार आयोजित र् याली रत्नपार्कबाट सहिदगेट त्रिपुरेश्वर थापाथली हँुदै माइतीघरमा टुंगिएको थियो । योाजनलाई श्रद्धााजली दिएर थालिएको र् यालीका सहभागीले साइकल हातमा डोर् याउँदै मैनबत्ती बालेर माइतीघर पुगेका थिए । ुयोाजनले डोर् याएको बाटोमा हिँड्छौं साइकल चलाउन छाड्दैनौं सडकमा साइकल लेन बनाउन आवाज उठाउँछौं साइकलमैत्री सहर योाजन दाइ र हाम्रो रहरु आदि नारासहित प्लेकार्ड बोकेका सहभागीले साइकल चालकमाथि सम्मानजनक व्यवहार र साइकल ट्रुक निर्माणमा ध्यान दिन आग्रह गरेका थिए । गाडीचालकको गल्तीले साइकल चालकले ज्यान गुमाउनु परिरहेको उनीहरुको गुनासो थियो ।

रत्नपार्कबाट सुरु भएको मौन साइकल यात्रामा सहभागी
ुयोाजन निधनको घटनाले चुनौती थपेको छु विश्व साइकलयात्री पुष्कर शाहले भने ुउपत्यकामा साइकल चालकको भविष्य दयनीय छ ।ु
मिलनसार र सहयोगी योाजनको साइकलप्रेम देखेर आफू अचम्भित हुनेगरेको भतिजा पराक्रमिसंहले बताए । ुघटना हुनु एक दिनअघि खाना खान उहाँले घरमै बोलाउनु भएको थियोु उनले भने ुउहाँकै प्रेरणाले म पनि साइकल प्रेमी भएको हुँ ।ु

वातावरण संरक्षणमा टेवा पुगोस् भनी साइकल चलाउन सचेतना जगाउने गरेको अर्का साइकलप्रेमी मधुकर महर्जनले बताए । ुतर गाडी चालकले हामीलाई हेयको दृष्टिले व्यवहार गरिरहेका हुन्छन्ु महर्जनले भने ुमोटरसाइकलले त झनै झुक्याउँछन् सरकारले साइकल पदमार्ग व्यवस्था गरोस् ।ु योाजनको सिको गर्दै आफूसँग भएको मोटरसाइकलसमेत बेचेर साइकल किनेको महर्जनले जानकारी दिए ।

क्लिन एयर नेटवर्क नेपालले स्वर्गीय योाजनको निधनपछि प्रधानमन्त्री कार्यालय र मातहत सरकारी कार्यालयलाई उपत्यकाको यातायात अव्यवस्थाबारे ध्यानाकर्षण गराएको छ ।

*

Post a Comment (0)
Previous Post Next Post