ज्ञान न्यौपाने
काठमाडौँ, कार्तिक १४
छठ पर्वको वढ्दो प्रचलनसँगै तिहार पछिको काठमाडौं पनि रंगीचंगी देखिन सुरु भएको छ । सोमबार राजधानीका केहि नदि र तलाउको सफाइ सम्पन्न भएपछि त्यसलाई िसंगार्न थालिएको छ ।विशेष गरेर रानीपोखरी कुपण्डोल र टेकु स्थित बागमती किनार कमलपोखरी र जयवागेश्वरीमा तयारी भब्य देखिन्थ्यो । छठमा सहभागीता जनाउनेको संख्या बढेपछि यसै वर्षदेखि कमलपोखरीमा पनि यो पर्व आयोजना गर्न थालिएको हो ।
छठ पुजामा सरिक हुनेका निम्ति सःशुल्क बन्दोबस्त मिलाइएको रानीपोखरीमा यसपाला पनि उत्तिकै दर्शनार्थीको भिड लाग्ने अनुमान गरिएको छ । त्यहाँ सहभागीकै इच्छा बमोजिम शुल्क उठाइएको जानकारी समारोह समितिले दिएको छ । ुसहयोग गर्न चाहनेले स्वेच्छाले दिएका हुन्ु समितिका संयोजक प्रवीण चौधरीले भने ुसोमबारै करिब एक लाख रुपैयाँ संकलन भैसकेको छ ।
अघिल्लो वर्ष पोखरीमा पानी कम भएकाले चार सय जनालाई सरिक गराइएकामा यस वर्ष करिब साढे दुई सय सरिक गराउने लक्ष्य आयोजकको छ । त्यो संख्या सोमबारै पुरा भएको जानकारी पनि चौधरीले दिए ।
उनका अनुसार त्यसका निम्ति पाचमीकै दिन रानीपोखरीलाई झिलीमिली पारिसकिएको थियो । यसबाहेक त्यहाँ विभिन्न दाताको सहयोगमा निःशुल्क खानेपानी एवं स्वास्थ उपचार सेवा पनि उपलब्ध हुने उनले जानकारी दिए ।
राजधानीकै कमल पोखरीमा केहि अघिसम्म पनि त्यहाँ मिसाइएका ढलहरुले गर्दा दुर्गन्धित वातावरण थियो । तर छठ पुजा आयोजनाको तयारी सुरुहुने बित्तिकै ढलहरुलाई अन्यत्रै पन्छ्याएर सफा पारिएको आयोजकको दावी छ । ुढल मात्र होइन यहाका झार पनि सफा गरिसकेका छौु कमलपोखरी पूजा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र िसंहले भने ुछठकै अवसर पारेर पोखरीको रुप फेरिएको छ ।ु
कमलपोखरीका दुई वटा किनारमा छठ मनाउने घाटको निर्माण गरिएको छ भने तीन सय ५० भन्दा बढी सहभागी िभœयाउने लक्ष्य समितिले राखेको छ । उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिएर गरिने छठपूजाको अवसरमा त्यसै दिन यहाँ छठीमाइको मूर्ति पनि उद्घाटन गरिने समितिले बताएको छ ।
िसंहका अनुसार सहभागीलाई आराम गर्नको लागि टेन्ट शौचालय बत्ती र ब्रतालुलाई रातभर भजन सुनाउने लगायतका बन्दोबस्त पुरा भइसकेका छन् । मंगलबार अपरान्हसम्म अरु सुविधा पनि थप हुने जानकारी उनले दिए ।
सँस्कृतिविद् तुलसी दिवसका अनुसार मुलत मैथिली र भोजपुरीभाषी क्षेत्रमा मनाइने छठ पर्व केहि समययता मुलुकभर विस्तार हुनथालेको छ ।
ुयसले फरक समाजलाई जोड्ने मात्र होइनु दिवस भन्छन् ुएकले अर्कोलाई बुझ्न पनि सघाउछ ।