ज्ञान न्यौपाने
काठमाडौं कत्तिक ५
केन्द्रीय तथ्यांक विभागले माघदेखि साचालन गर्ने कृषि गणनामा पहिलोपटक प्रमुख बालीहरुको विवरण संकलन गरिने भएको छ । स्थलगत रुपमा गणक वा सुपरीवेक्षक खटाएर विवरण संकलन गरिने विभागले जनाएको छ ।विभागका अनुसार कृषक परिवारको नमुना छनोट गरी जग्गाको उपयोग कृषिका लागि आवश्यकऔजार र पशुपन्छीको विवरणसमेत समेटिनेछ । कृषि मन्त्रालयले गर्ने गणनामा भने स्थलगत विवरण संकलन गरिँदैन । विभागका प्रवक्ता एवं उपमहानिर्देशक विकास विष्टका अनुसार मन्त्रालयले आफ्ना माताहतका कार्यालयबाट प्राप्त तथ्यांकका आधारमा बालीहरुको रिपोर्ट तयार पार्छ । आवश्यक परेमा मन्त्रालयको पनि प्राविधिक सहयोग लिइने विष्टले जनाए ।
प्रत्येक १०-१० वर्षमा जनगणना हुने भएकाले बालीको उत्पादनसम्बन्धी वृहत्तर अध्ययन गरिने विभागले जनाएको छ । विष्टले भने ुबालीको विवरण समेटिएको तथ्यांक विभिन्न संघ-संस्था तथा अनुसन्धाताका लागि उपयोगी हुनसक्छ ।ु विभागका उपमहानिर्देशक तथा कृषि गणना प्रमुख प्रबोधसागर ढकालका अनुसार अघिल्ला जनगणनामा खेतीयोग्य जमिन र त्यसको प्रयोगबारे मात्र विवरण संकलन गरिन्थ्यो । यसपटक २०६८ देखि मात्र देशव्यापी रुपमा बालीको उत्पादनबारे विवरण लिन सुरु गरिएको ढकालले जनाए ।
विभागले करिब एक महिनाअघि जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेपछि कृषि गणना थालेको छ । बाली विवरणअन्तर्गत धान गहँु मकै कोदो फापरलगायत २० भन्दा बढीको विस्तृत विवरण तयार पारिने विभागले जानकारी दिएको छ । कृषि गणनाका लागि जग्गा खेती कृषि ऋण सिँचाइ हुने जग्गा पशुपन्छीलगायत विवरण समेटिएका ५० वटा प्रश्न राखिएको छ । प्रश्नावली तथा निर्देशिका तयार पारिसकेको विभागको भनाइ छ ।
दुई महिनाभित्र कृषि गणनाको स्थलगत विवरण लिने कार्य सकिनेछ । माघ र फागुनमा पहाड तथा तराईमा तथ्यांक संकलन गरिने विभागले जनायो । हिमाली क्षेत्रमा भने जेठ र असार कृषि गणना हुनेछ । मौसम परिवर्तन हुने भएकाले दुई चरणमा गणना गर्न लागिएको हो । ुमाघ र फागुनमा हिमाली क्षेत्रका मानिस न्यानो क्षेत्रमा बसाइँ सर्ने भएकाले उक्त क्षेत्रमा जेठ-असारमा कृषि विवरण संकलन गरिनेछु कृषि गणना प्रमुख ढकालले भने ।
गणनाका लागि तिहारपछि कर्मचारीलाई प्रशिक्षण दिन थालिनेछ । स्थलगत कार्यका लागि सम्बन्धित जिल्लामा कृषि गणना कार्यालय एक महिनाअघि खोलिनेछ । जिल्ला गणना कार्यालय प्रमुखको जिम्मेवारी अधिकृतलाई दिइनेछ । प्रमुखले सुपरिवेक्षक र गणक छनोटका साथै उनीहरुलाई तालिम दिनेछन् । न्यूनतम एसएलसी उत्तीर्णलाई गणक नियुक्त गरिनेछ ।
कृषि परिवार हुन के चाहिन्छ
हिमाल र पहाडमा कम्तीमा चार आना वा एक माटो मुरी ०।०१२७२ हेक्टर तथा तराईमा कम्तीमा आठ धुर क्षेत्रफलमा बाली लगाएको जग्गा भएकोलाई कृषि परिवार मानिनेछ । गाइभैंसीजस्ता ठूला चौपाया कम्तीमा एउटा कम्तीमा पाँचवटा भेडाबाख्रा पालेको हुनुपर्छ । त्यस्तै कम्तीमा २० वटा पन्छी हुनुपर्छ ।