मध्ये तथा सुदुरपश्चिमका महिलाबीच सर्वेक्षण …दाइजोको निहुमा पिटे सहन्छौ

ज्ञान न्यौपाने
काठमाडौं असोज २९
दाइजो नल्याएको निहुँमा सासुले बुहारीमाथि कुटपिट गरेमा समाजले सहँदैन । पीडिकलाई सजाय दिलाउन कानुनी उपचार खोजिन्छ । पीडत महिला आफैं पनि अन्यायविरु¢ उत्रिएको भेटिन्छ । तर मध्य तथा सुदूरपश्चिम क्षेत्रमा भने स्थिति उल्टो देखिएको छ ।
केन्द्रीय तथ्यांक विभागको अनुसन्धान अनुसार उक्त क्षेत्रका ६२ प्रतिशत महिलाले दाइजोका कारण सासुबाट कुटपिट तथा घरेलु िहंसा भए सहन तयार रहेको बताएका छन् । आफूमाथि सासुबाट कुटपिट भए त्यसको प्रतिकार नगर्ने उनीहरुले जनाएका थिए । युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा विभागले यी क्षेत्रका १४ देखि ४९ वर्ष उमेर समूहका ७ हजार ३ सय ६२ महिलाबीच अध्ययन गरेको थियो ।

महिलाहरुका समस्या खुट्याउने क्रममा विभागले उक्त प्रश्न सोधेको थियो । अध्ययनका क्रममा यी क्षेत्रका सहरी तथा ग्रामीण इलाकाका महिलासँग अन्तर्वार्ता लिइएको थियो । मध्य तथा सुदूरपश्चिम क्षेत्रमा विकट इलाका पर्ने भएकाले पनि त्यहाँका महिलाले यस्तो जवाफ दिनु स्वाभाविक भएको सर्वेक्षण संयोजक एवं विभागका निर्देशक नवीनलाल श्रेष्ठले बताए । उनले भने ुत्यहाँका महिलामा एक प्रकारको भय रहेको पाइयो जसले गर्दा उनीहरुले सासुले जे गरे पनि प्रतिकार नगर्ने विचार व्यक्त गरे ।ु दाइजोबाहेक सासुलाई नसोधी बाहिर गएमा छोराछोरीको हेरचाह नगरेमा सासुसँग मुख लागेमा खाना मिठो नपकाएमा जस्ता निहँुमा दुव्र्यवहार भएमा पनि उनीहरुले सहने धारणा व्यक्त गरेको प्रतिवेदनमा छ ।

घरेलु िहंसाबारे महिलाको धारणा बुझ्न अध्ययनका क्रममा यस्तो प्रश्नावली राखिएको विभागको भनाइ छ । श्रेष्ठले भने ुयी क्षेत्रका अधिकांश महिलामा घरेलु िहंसा भए पनि सहनुपर्छ भन्ने विचार रहेको देखियो ।ु ४८ प्रतिशत महिलाले श्रीमान्को सामान्य कुटपिट सहने बताएको अध्ययनमा छ । अध्ययनका अनुसार ती क्षेत्रका १९ प्रतिशत महिला महिनावारी हुँदा छुट्टै घर वा गोठमा बस्ने गरेको पाइएको छ । करिब ६० प्रतिशतले १८ वर्ष नपुग्दै विवाह गरेको पाइएको छ । महिलाका विभिन्न पक्षबारे पहिलोपटक गरिएको यो अध्ययनको थप नतिजा दुई महिनाभित्र सार्वजनिक गरिने श्रेष्ठले जनाए ।

यो क्षेत्र सामाजिक शैक्षिक तथा आर्थिक रुपले पिछडिएकाले समस्या बढ्दै गएको विभागले जनाएको छ । त्यसमा पनि महिलाको अवस्था पुरुषको दाँजोमा दयनीय भएको विभागको भनाइ छ । अध्ययनमा पोषण बाल स्वास्थ्य वातावरण प्रजनन स्वास्थ्य शिक्षा बाल संरक्षण एचआइभी एड्सलगायत विषयवस्तु समेटिएको छ । सर्वेक्षण र जनगणनाको आधारमा महिला र बालबालिकाबारे विस्तृत विवरण थाहा हुने विभागको भनाइ छ । सन् २०१० सेप्टेम्बर र डिसेम्बरमा मध्य तथा सुदूरपश्चिम क्षेत्रमा स्थलगत तथ्यांक संकलन गरिएको थियो ।

*

Post a Comment (0)
Previous Post Next Post