लोमानथाङ दरबार विश्व सम्पदा सुचिमा राखिने

ज्ञान  न्यौपाने 
काठमाडौँ, भदौ  २५  
 प्राचीन व्यापार मार्ग सिल्क रोडु भित्र पर्ने मुस्ताङको लोमान्थाङ दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न अध्ययन गरिने भएको छ ।

लोमंथान दरबार 

सिल्क रोडका महत्वपूर्ण स्थललाई विश्व सम्पदा सूचीमा राख्ने अभियानअन्तर्गत पुरातत्व विभाग र युनेस्को काठमाडौंको हालै राजधानीमा सम्पन्न बैठकले लोमान्थाङ दरबार क्षेत्रमाथि अध्ययन गर्ने निर्णय गरेको हो ।
 
मुस्ताङ र लोमान्थाङ दरबार क्षेत्रमा प्राचीन कालदेखि नै तिब्बतबाट आवतजावत हुन थालेको भनाइ छु पुरातत्व विभाग विश्व सम्पदा शाखाका प्रमुख दामोदर गौतमले भने अध्ययनपछि सिल्करोडभित्र पर्ने यो क्षेत्रबारे धेरै महत्वपूर्ण तथ्य पत्ता लाग्नेछ ।

सिल्क रोडको पहिलो रुट भारतको बनारसबाट मुस्ताङ तिब्बतको पुराङ गुँगे हुँदै भारतको लेह दोस्रो रुट पटनाबाट काठमाडौं हुँदै ल्हासा र तेस्रो रुट भारतको बोधगयाबाट सुर्खेत जुम्ला सिमिकोट हुँदै भारतकै लेहसम्म पर्छ ।
 
भारतको बोधगयादेखि तिलौराकोट हँुदै बुटवल र कालीगण्डकी किनार हुँदै मुस्ताङ क्षेत्रको थप अध्ययन गरिने गौतमले जानकारी दिए । यस क्रममा सिल्क रोडसँग सम्बन्धित सामग्री वा प्रमाण भेटिए प्रतिवेदन तयार पारी विश्व सम्पदाका लागि दर्ता गरिनेछ ।
चीन काजकिस्तान तुर्किमिनिस्तान र उज्वेकिस्तानले सिल्क रोडभित्रका स्थललाई सम्पदा सूचीमा राख्न युनस्कोमा सूचीकृत गराइसकेका छन् ।

विभागका महानिर्देशक विष्णुराज कार्कीका अनुसार सिल्क रोडका सबै शाखा मार्गलाई सम्पदा सूचीमा राख्न गठित कमिटीले सम्बन्धित देशमा कार्यक्रम चलाइरहेको छ । कमिटीमा नेपाल चीन भारत पाकिस्तान किर्गिजस्तान इराक जापान लगायत मध्यएसियाली राष्ट्र छन् ।
गत मे महिनामा तुर्किमिनिस्तानको अस्कावादमा भएको सम्मेलनबाट पारित प्रस्तावमा नेपालले हस्ताक्षर गरेपछि सम्पदा सूचीकरण प्रयास थालिएको हो । सन् २००९ मा चीनको सियानमा भएको सम्मलेनमा पनि नेपाल सहभागी थियो ।
के हो सिल्क रोडु ?
प्राचीन व्यापार मार्गका रुपमा चर्चित ुसिल्क रोडु एसियादेखि भूमध्यसागरसम्म फैलिएको थियो । यो मार्ग हुँदै चीनले अन्य देशसँग रेशम सिल्क व्यापार गर्ने भएकाले सिल्क रोड नामाकरण गरिएको हो ।
 
करिब तीन हजार वर्षसम्म चलेको यो रोडबाट चीन इजिप्ट मेसोपोटामिया पसर्िया भारत र रोमसम्म वाणिज्य र सांस्कृतिक सम्बन्ध विस्तार भएको थियो । यो रोडको एउटा शाखा उत्तर चीनबाट पश्चिमतर्फ जान्छ । अर्को रोड उत्तर-दक्षिण हुँदै तिब्बती पठार वरिपरि फैलिएको छ । बीचमा जोडिएर यो उत्तरी पहाड हुँदै उत्तर इरान सिरियाली मरुभूमि र लिम्भाटसम्म फैलिएको छ । त्यहाँदेखि पानीजहाजको माध्यमबाट इटाली हुँदै भूमार्गसँग जोडिन्छ । उत्तरमा पर्ने रोड भने दक्षिण अपि्रुकासम्म पुग्छ ।
 
नेपाललाई पनि यसका शाखा मार्गले छोएको पाइन्छ । मुख्य सिल्क रोड चीनको प्राचीन राजधानी सियानबाट सुरु भई इटालीको रोममा टुंगिन्छ । यो रोड करिब ७ हजार किलोमिटर लामो छ ।  

*

Post a Comment (0)
Previous Post Next Post