'धरहराको अवस्था हेर्न आएको'

ज्ञान न्यौपाने
काठमाडौं, असोज २
भुकम्प गएपछि सुन्धारा-न्यूरोड क्षेत्रमा मानिसहरूको भीडले सडक भरिएको थियो। ट्राफिक जाम एवं मानिसहरू भीड रहयो। मानिसहरू आफन्तीकहाँ फोन गर्दे भूकम्पबारे सोध्दै थिए। भूकम्पको केही समयपछि त्यहा बरिपरि हेर्न आउनेको घुइँचो थियो।

एक महिलाले धरहरा ढले नढलेको हेर्न आएको प्रतिक्रिया दिइन् । भुकम्प गएको समयमा धरहरामा एक केटा र एक केटी गएको गेटका वीरबहादुर थापामगरले सुनाए। उनीहरूलाई सोध्दा धरहराको उचाइमा पुगेर फर्केको उनले बताए। भुकम्प आउने बित्तिकै त्यहाँ आएका मानिसहरूलाई टाढा भगाउन लागेको उनले बताए।
उनले भने 'रुखहरू ठूलै हावा लागेजस्ते जोडका साथ हल्लिए, यत्तिकैमा सबैले भुकम्प भन्ने आवाज दिए हामीले यहा वरपर बसेकालाई टाढा भगायौं।'

धरहरा ढल्छ भनेर त्यसका वरिपरका मानिसहरू आत्तिएका थिए। 'भुकम्प जाँदा सुन्धाराको खाजाघरमा बसेका मानिसहरू बारबाटै उफ्रिएर भागे,' नजिकै पसल गरेका सुब्बा सापकोटाले भने 'धरहरा ढल्छ भनेर सबै दगुरेका थिए।'

यत्तिकैमा मैतिदेवीबाट माइक्रोमा सुन्धारा आएका अनिल भट्टले गाडीमा हुँदाहुँदै भूकम्प आएको बताए। 'त्यतिबेला हामी बागबजार आएका थियौ, जतिखेर जाम पनि थियो,' उनले भने 'ड्राइभरले ब्रेक लगाएको भा त अगाडि जान्थ्यो तर माइक्रोबस दायाँ बायाँ भयो।'
यत्तिकैमा सबै गाडीबाट निस्केर भाग्न थाले, म पनि निस्केँ तर मैले बाटो पाइन र पुनः गाडीमा फर्के।'
न्यूरोड विसालबजारबाट भूकम्पको डरले दुईतलाबाट हामफाल्दा एकको खुट्टा भाचिएको नजिकै एक पसलका उज्ज्वल सिंहले नागरिकलाई बताए। 'भुकम्प आएपछि बाटोमा मानिसहरू लडेको र रोएको पायों,' उनले भने 'भुकम्प आएको समयमा सबै मान्छे पसल छाडेर सडकमा आएका थिए।' बाटोमा मानिसको भीडले ट्राफिक जाम भएको उनले बताए।


 
 भूकम्पले हल्लियो देश

भूकम्पबाट थप दुईको मृत्यु, हालसम्म ७ को मृत्यु पुष्टि

अब आत्तिनु पर्दैन : विज्ञभर छैन ठूला भवनको'धरहराको अवस्था हेर्न आएको'भूकम्प आउँदै गर्दा सभामुख भन्दै थिए- 'माननीय सदस्यहरू, बसौं-बसौं'अपर्झट पर्दा टेलिफोन बन्ददुई दर्जन घाइते काठमाडौँका अस्पतालमानब्बे सालयताकै ठूलो भूकम्पकाठमाडौं विश्वकै जोखिमपूर्ण शहरपूर्वमा ठूलो क्षति

तपाईँसित भूकम्पसँग सम्बन्धित भिडियो वा फोटो भए पठाउनुस् nagariknewsvideo@gmail.com मा

*

Post a Comment (0)
Previous Post Next Post