ज्ञान न्यौपाने
काठमाडौं, भदौ ३०
चोरिएको मूर्तिको ठाउँमा राख्न प्रतिरूप तयार भएको साता नबित्दै सक्कली मूर्ति नै फेला परेपछि ललितपुरको सुन्दरी चोकमा अब कुन मूर्ति राख्ने भन्ने द्विविधा सुरु भएको छ।
To view online visit:
http://nagariknews.com/society/nation/31289-2011-09-16-05-13-19.html
'जिर्णोद्धार गरिरहेको स्थानमा राख्न भनेर नक्कली तयार गरिसकेको अवस्थामा लक्ष्मीनारायणको सक्कली मूर्ति नै फेला पर्यो,' स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय ललितपुरका प्रमुख श्यामसुन्दर राजवंशी भन्छन्, 'एक साता बित्दा पनि कुन मूर्ति राख्ने भन्ने टुंगो छैन।'
उनका अनुसार यसरी फेला परेका मूर्ति अदालतको लामो प्रक्रियापछि मात्र पुरातŒव विभागको निर्णय अनुसार पुनर्स्थापना गर्ने गरिन्छ। त्यतिन्जेल प्रतिरूप राख्ने वा त्यतिकै छाड्ने भन्नेबारे निर्णय लिन सकिएको छैन। जिर्णोद्धार जारी छ।
ललितपुर दरबार परिसरभित्र पर्ने स्नान केन्द्र (सुन्दरी चोक)बाट ०६६ कात्तिक १९ गते लक्ष्मीनारायणको मूर्ति चोरी भएको थियो। मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले तयार पार्न लगाएको मानिने २० किलोको उक्त मूर्ति तत्कालीन राजपरिवारले प्रयोग गर्ने स्नान केन्द्रको मुख्य सजावट थियो। विभिन्न देवीदेवताका लहरै मूर्ति राखिएको सुन्दरी चोकबाट ८० को दशकमै हराएको दुर्गाको मूर्ति अझै फेलापरेको छैन।
यहाँ 'काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट'ले अमेरिकी र जर्मनेली सहयोगमा केही वर्षदेखि जिर्णोद्धार गर्दै आएको छ। जिर्णोद्धारकै क्रममा साँझपख उक्त मूर्ति चोरी भएको थियो।
'चोरी भएपछि केही समय के गर्ने भन्ने निर्णय लिनै सकिएन,' हेरचाह कार्यालयकी तत्कालीन प्रमुख सरस्वती सिंहले भनिन्, 'एक वर्षपछि हाम्रो सिफारिसमा विभागले ट्रस्टलाई प्रतिरूप तयार पार्ने स्वीकृति दिएको हो।'
त्यसपछि ललितपुरकै कालिगढलाई एक वर्षमा तयार पारिसक्न ६ लाख रुपैयाँमा जिम्मा दिइएको ट्रस्टका प्रबन्धक राजु रोक्का बताउँछन्। ४५ किलोको प्रतिरूप बनाएर कालिगढले दुई साताअघि ट्रस्टलाई जिम्मा लगाएका थिए। तामा र पित्तलको प्रतिरूपमा भने मूर्तिबाहेक धारा र सेरोफेरोको समेत सजावट हुने तरिकाले थप संरचना बनाइएको छ। सक्कली मूर्ति सुनको भनिए पनि मोलम्बा मात्र लगाएर तामा र पित्तलबाटै बनेको सिंह बताउँछिन्।
प्रतिरूपको नापजाँच ठिक भए नभएको हेर्न ट्रस्टले एकपटक जडान गरेर परीक्षण पनि गरिसकेको छ।
यसैबीच एक साताअघि बेच्नका निम्ति ललितपुरकै पूर्णचण्डीमा मोलमोलाइ चलिरहेको बेला प्रहरीले सक्कली मूर्तिसहित प्रज्वल शाक्य, शैलेस ताम्राकार र राजकुमार तामाङलाई पक्राउ गरेको थियो।
मुद्दाको छिनोफानो भइसकेपछि सम्बन्धित क्षेत्रका विशेषज्ञ, सामाजिक कार्यकर्ता र सरकारी प्रतिनिधिको रोहबरमा निर्णय लिएर मूर्तिबारे टुंगो लगाइने पुरातŒव विभागकी अधिकृत अनिता कुँवर बताउँछिन्।
सुरक्षा चिन्ता
सुन्दरी चोकबाट चोरिएको मूर्तिको मूल्य पुरातŒव विभागले पाँच करोड लगाएको छ। 'यस्ता मूर्ति जति पुरानो हुँदै जान्छ, उति मूल्यवान् हुन्छन्,' विभागका अधिकृत भाष्कर ज्ञवाली भन्छन्, 'सोह्रौ शताब्दीमा बनेको हुनाले अदालती प्रक्रियामा जान प्रहरीले दाम सोध्दा पाँच करोड बताएका हौं।'
प्राचीन सम्पदा कत्तिको सुरक्षित छन् भन्ने प्रश्न पनि यस्ता चोरीका घटनाले उठाउने गर्छन्। विश्वसम्पदा सूचीमै परेको दरबार स्क्वायरभित्रबाटै चोरी हुनुले सुरक्षा व्यवस्थामा थप शंका उब्जिएको छ। 'प्राचीन स्मारक संरक्षण ऐन अनुसार यस्ता क्षेत्रमा कडा पहरा हुनुपर्छ,' ज्ञवाली स्वीकार्छन्, 'हामीले कानुनअनुसार सुरक्षा प्रदान गर्न सकेका छैनौं।'
यसबाहेक हनुमानढोका र राष्ट्रिय संग्रहालयजस्तो पहरा दिइने स्थानमा समेत चोरी हुने गरेकाले सुरक्षाकर्मीले मात्र यसलाई नियन्त्रण गर्न नसक्ने पुष्टि हुँदै आएको विभागका कर्मचारीहरू बताउँछन्।
स्थानीयवासीमै चेतना नआएसम्म चोरी नियन्त्रण कठिन हुने उनीहरूको धारणा छ। 'चोरी भएर फेला परेका मूर्तिहरूको हामीकहाँ थुप्रो लागिसकेको हुन्छ,' कुँवर भन्छिन्, 'तर, टोलबाट फलानो मूर्ति हरायो भनेर आउने निवेदन भने अत्यन्त सीमित हुन्छ।'
यसले स्थानीयवासीमा सम्पदाप्रति चासो नभएको देखाउने बताउँदै त्यसैको फाइदा उठाएर वरपरकै व्यक्तिले पनि महŒवपूर्ण मूर्ति चोर्ने आँट गर्ने उनी बताउँछिन्। 'हराएपछि पनि तत्काल निवेदन आयो भने खोज्न सकिन्छ,' कुँवर भन्छिन्, 'तर, चोरीको जानकारी पनि हामीकहाँ आइपुग्दैन।'
सुन्दरी चोकको लक्ष्मीनारायण मूर्ति भने चोरीको एक दिनपछि नै पुरातŒव विभागमा निवेदन परेको थियो। 'जिर्णोद्धारको काम चलिरहेकाले पनि त्यसबेला चोर्नेलाई सजिलो भयो,' ललितपुर दरबार हेरचाह कार्यालयका तत्कालीन प्रमुख सिंह भन्छिन्, 'चोरी भएको थाहा पाउनेबित्तिकै हामीले सम्पूर्ण प्रक्रिया समयमै पूरा गरेका थियौं।' ट्रस्टले सन् २०१५ अगावै जिर्णोद्धार सम्पन्न गरिसक्ने लक्ष्य लिएको छ।

![]() |
rf]/L ePsf] d"lt{sf] k|lt¿k ;'Gb/L rf]sdf b'O{ ;ftfcl3 6«:6n] k/LIf0fsf nflu /fVbf lnOPsf] tl:a/ . |

नागरिक दैनिकबाट